तपाईंको घर भाडामा लिने अधिकार र जिम्मेवारीहरू

Skip listen and sharing tools

टिप्पणी: यस पृष्ठको उद्देश्य समुदाय र वकालत संगठनहरूलाई हामीले हाम्रो अन्य भाषाहरू खण्ड मा उपलब्ध समकक्षी पृष्ठहरूलाई अंग्रेजी भाषाको संस्करणमा उपलब्ध गराउनु हो। घरभाडामा लिनेबारे पूर्ण जानकारीका लागि हाम्रो घरभाडा खण्ड हेर्नुहोस्।

घर भाडामा लिँदा तपाईंको अधिकार र जिम्मेवारीहरू हुन्छन्। यस पृष्ठले तपाईंलाई घर भाडा लिनेसम्बन्धी परिचय दिन्छ र तपाईंलाई आवश्यक परेमा थप जानकारी फेला पार्न मद्दत गर्दछ।

भिक्टोरियाले २०२१ मा घर भाडा सम्बन्धि कानूनमा महत्वपूर्ण परिवर्तन गर्यो। नयाँ नियमहरू बारे पढ्नुहोस्।

यस पृष्ठमाः

तपाईंको लागि उक्त घर सही छ कि छैन भनेर निर्णय गर्दा

जब तपाईं आफू बस्नको लागि कसैसँग उनीहरूको घर भाडामा लिने सहमति गर्नुहुन्छ, तपाईं एक आवासीय घर भाडा सम्झौता गर्नुहुन्छ। यो कानुनी कागजात हो र यो सम्झौता अन्त्य गर्न समय लाग्न सक्दछ। त्यसैले तपाईं विश्वस्त हुनु आवश्यक छ कि सो घर तपाईंको लागि सही छ।

तपाईंले घर भाडा सम्झौता गर्नुअघि, घर भाडा प्रदायक (घरधनी) ले तपाईंलाई बताउनुपर्ने केही जानकारीहरू छन्। यसलाई 'अनिवार्य खुलासा' भनिन्छ। यसमा निम्न कुराहरू समावेश हुन्छन्:

  • यदि घरधनीले घर बेच्नको लागि कुनै एजेन्टलाई संलग्न गरेको छ,वा घरको लागि बिक्री सम्झौता गरिएको बारे।
  • यदि तिनीहरू घरका मालिक हुन् वा यदि होइन भने, यदि उनीहरूसँग घर भाडामा दिने अधिकार छ कि छैन।
  • यदि भाडाको घर वा साझा घर गत ५ वर्षमा नरहत्याको घटनास्थल थियो भने।
  • यदि भाडाको घरमा कुनै एस्बेस्टोस (ताप प्रतिरोधी पदार्थ) छ भने।

अनिवार्य खुलासा आवश्यकताहरूको बारेमा अधिक जानकारीको लागि "सम्झौता हस्ताक्षर गर्दा तपाईंको अधिकारहरू थाहा पाउने" हेर्नुहोस् ।

घरधनीद्वारा भेदभाव

भिक्टोरियामा कुनै निश्चित व्यक्तिगत विशेषताहरू हेरेर कसैलाई भेदभाव गर्नु गैरकानूनी हुन्छ। यसको मतलब घरधनी र घरजग्गा एजेन्टहरूले कानूनमा सुरक्षित व्यक्तिगत विशेषताहरूको आधारमा तपाईंलाई आवास अस्वीकार गर्न वा  तपाईं भाडामा बस्दा तपाईंलाई भेदभाव गर्न सक्दैनन्।

तपाईंले भाडाको घरको लागि आवेदन दिइरहँदा, भाडाको घरमा रहँदा वा भाडाको घर छोड्दै गर्दा घरधनी वा उनीहरूको एजेन्टले तपाईंलाई प्रतिकूल व्यवहार गर्नु वा भेदभाव गर्नु कानुनको विरूद्ध छ।

हरेक पल्ट तपाईंले भाडाको घरको लागि आवेदन दिंदा निवेदन फारामको एक भागको रूपमा घरधनीहरूले तपाईंलाई भेदभावको बारेमा जानकारी दिन आवश्यक छ।

भाडामा लिईएको भेदभावको बारेमा थप जानकारीको लागि, भाडामा गैरकानूनी भेदभाव हेर्नुहोस्।

घरधनीले तपाईंलाई सोध्न नसक्ने प्रश्नहरू

यदि तपाईं भाडाको घरको लागि आवेदन दिँदै हुनुहुन्छ भने घरधनीले तपाईंलाई निम्न कुराहरू सोध्न पाईदैन:

  • यो भन्दा पहिले तपाईं घरधनी (वा अन्य आवास प्रदायक) सँग विवादमा हुनुहुन्छ कि
  • तपाईंले राखेको धितो माथि कहिले दावी भएको छ कि छैन
  • तपाईंको सबै दैनिक कारोबार देखिने क्रेडिट वा बैंक स्टेटमेन्टको लागि - घरधनीले स्टेटमेन्टको लागि माग गर्न सक्छ, तर तपाईंले आफ्नो गोपनीयतालाई सुरक्षित गर्न केही कारोबार हटाउन सक्नुहुन्छ।
  • समान अवसर ऐन २०१० (Equal Opportunity Act 2010) अन्तर्गत संरक्षित विशेषताको बारेमा कुनै पनि जानकारी, जबसम्म सो जानकारीको आवश्यकताको कारण लिखित रूपमा प्रदान गरिदैन्।

कहिलेकाहीँ घरधनीहरूले अन्य स्रोतहरूबाट यो जानकारी प्राप्त गर्नेछन्। तर जब सो घरको लागि तपाईं आवेदन दिनुहुन्छ उनीहरूले तपाईंलाई सो जानकारीको लागि माग गर्न सक्दैनन्।

घर भाडा सम्झौता शुरू गर्दा

जब तपाईंले  बस्नको लागि उनीहरूको घर भाडामा लिन कसैसँग सहमति गर्नुहुन्छ, तपाईं एक आवासीय घरभाडा सम्झौतामा गर्नुहुन्छ (कहिलेकाहीँ लिज वा घरभाडा सम्झौता भनेर चिनिन्छ)।

सम्झौता लिखित वा मौखिक हुन सक्छ, तर लिखितरूपमा सम्झौता हुनु उत्तम हो।

घरभाडा सम्झौताहरू तपाईं र घरधनीबीचको एक सम्झौता हो। यसमा निम्न कुराहरू उल्लेख हुन्छः

तपाईंले लिखित घरभाडा सम्झौतामा प्रवेश गर्दा 'निर्धारित फाराम' प्रयोग गर्नुपर्नेछ। एक निर्धारित फारम भिक्टोरियाको घरभाडा कानूनद्वारा परिभाषित गरिएको छ। हामी हाम्रो आधिकारिक फाराम प्रयोग गर्न सुझाव दिन्छौं।

५ वर्ष वा सोभन्दा कमको निश्चित-अवधिको सम्झौताको लागि हामी हाम्रो आधिकारिक फाराम प्रयोग गर्ने सल्लाह दिन्छौं।

फारम

५ वर्षभन्दा लामो निश्चित-अवधिको सम्झौताको लागि हामी तपाईंलाई हाम्रो आधिकारिक फाराम प्रयोग गर्ने सल्लाह दिन्छौं।

फारम

जबसम्म तिनीहरूले आवासीय घरभाडा ऐनको पालना गर्छन् घरभाडामा लिने वा घरधनीले घरभाडा सम्झौतामा शर्त वा नियमहरू थप्न सक्दछन्।

उदाहरणको लागि, एक घरधनीले घरभित्र धूम्रपान निषेध गर्ने नियम समावेश गर्न सक्छ। वा, भाडामा लिनेले सबै ग्यास उपकरणहरूलाई प्रत्येक दुई वर्षमा मर्मतसम्भार गरिनुपर्छ भनेर नियम समावेश गर्न सक्छ।

यदि तपाईं भाडा सम्झौताको सबै नियम र शर्तहरू बुझ्नुहुन्छ र  डेरावालको रूपमा तपाईंको अधिकार र जिम्मेवारीमा सहमत हुनुहुन्छ भने मात्र तपाईंले सम्झौतामा हस्ताक्षर गर्नुपर्छ।

यदि त्यसमा रहेका केही कुरारू तपाईंले बुझ्नुहुन्न भने त्यसको वर्णन गराइनका लागि तपाईं हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

घरमा सर्नुअघि

तपाईं घरमा सर्नुअघि तपाईंको घरधनी वा एजेन्टले तपाईंलाई निम्न कुरा प्रदान गर्न आवश्यक छ:

  • तपाईंको घरभाडा सम्झौताको एक प्रतिलिपि
  • सम्झौतामा हस्ताक्षर गर्ने प्रत्येक भाडावालाका लागि साँचोहरूको एक प्रति
  • अवस्था रिपोर्ट (यदि तपाईंले धितो रकम तिर्नु आवश्यक छ भने)
  • तपाईंलाई अविलम्ब मर्मत आवश्यक हुँदाका लागि सम्पर्क विवरणहरू।

तपाईंले प्रयोग गर्ने सेवाहरू, जस्तै, पानी, बिजुली, ग्यास र टेलिफोन कम्पनीहरूसँग, सम्पर्क राख्नुपर्दछ र ती सेवाहरू तपाईं सर्ने बेलासम्ममा जडान भएको हुनुपर्दछ। यी सेवाहरूलाई तपाईंको सम्झौतामा अन्य व्यवस्था भएको अवस्थामा बाहेक आफैले व्यवस्थित गर्नु र बिलहरू तिर्नु तपाईंको जिम्मेवारी हो।

थप जानकारीको लागि उपभोग्य सेवाहरू जडान गर्दा हेर्नुहोस्। उपभोग्य सेवाहरूमा पानी, बिजुली, ग्यास र टेलिफोन सेवाहरू पर्छन्।

थप जानकारी हाम्रो आवासीय भाडा सम्झौता फाराम मा पनि पाउन सक्नुहुन्छ।

घरभाडाको घरको न्यूनतम मापदण्ड

तपाईंको घरधनीले यो निश्चित गर्नुपर्दछ कि भाडाको घरमा न्यूनतम मापदण्ड कायम गरेको निश्चय गर्नुपर्दछ। यसमा निम्न कुराहरूको सुनिश्चित गर्नु पर्छ:

  • घरमा कुनै लेउ, कीरा वा जंगली जनावरहरू (भर्मिन ) छैन
  • ओभन र स्टोभ जस्ता जडित उपकरणहरू सुचारू छन्
  • त्यहाँ एक सुरक्षित, काम गर्ने हिटर छ
  • भान्छा र स्नानगृहमा तातोपानी आउँछ
  • घरको संरचना सुरक्षित र मौसम थेग्ने खाले छ।

यदि भाडाको घरले न्यूनतम मापदण्डहरू पूरा गर्दैनन् भने तपाईं सर्नुअघि घरभाडा सम्झौता अन्त्य गर्न सक्नुहुनेछ। तपाईंको घरमा सरेपछि कुनै पनि समय भाडाको घरलाई न्यूनतम मापदण्ड पूरा गराउन तपाईंले अत्यावश्यक मर्मतको लागि पनि अनुरोध गर्न सक्नुहुन्छ।

टिप्पणी: यो केवल २ मार्च २०२१ बाट हस्ताक्षरित नयाँ घरभाडा सम्झौताहरूमा मात्र लागू हुन्छ। यदि तपाईंको घरभाडा सम्झौता यो मितिभन्दा अघि गरिइको हो भने तपाईंले हाम्रो नयाँ भाडा कानून परिवर्तन पृष्ठमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

न्यूनतम मापदण्डको बारेमा अधिक जानकारीको लागि भाडाको घरहरूको न्यूनतम मापदण्ड हेर्नुहोस्

धितो रकम भुक्तानी

अधिकांश घरधनीहरूले तपाईं घर सर्नुभन्दा पहिले तपाईंलाई धितो तिर्न लगाउनेछन् ताकि त्यस घरमा हुन सक्ने कुनै नोक्सानीमा लाग्ने खर्च उठाउन सकिन्छ।

यदि तपाईंले कुनै क्षति पुर्याउनु भएन तपाईंले घर छोड्दा भने तपाईंको धितो फिर्ता पाउनुहुनेछ।

यदि तपाईंले घरमा कुनै क्षति पुर्याउनु भएको भने तपाईंले घर छोडेर गएपछि घरधनीले क्षतिलाई मर्मत गराउँन धितोको केही वा सबै रकम चलाउन सक्छ।

धितो रकम तपाईंको सम्झौता समाप्त नभएसम्म आवासीय भाडा धितो प्राधिकरण (Residential Tenancies Bond Authority (RTBA) को संरक्षणमा राखिन्छ, जुन एक स्वतन्त्र संगठन हो। जबसम्म तपाईं छोडेर गएपछि उनीहरूलाई सो रकम आवश्यक पर्दैन घरधनीलाई सो रकम पहुँच हुँदैन।

यदि तपाईंको घरधनीले धितो लिन्छ भने उनीहरूले निम्न कुराहरू गर्नुपर्छ:

  • यसलाई RTBA मा जम्मा गर्नु पर्छ
  • तपाईंलाई हस्ताक्षर गर्नका लागि भरिएको धितो दाखिला फाराम दिनुपर्छ
  • अवस्था प्रतिवेदन तयार गर्नुपर्छ जसले घरको सामान्य अवस्थाको अभिलेख राख्छ

तपाईंको धितो जम्मा भए पछि प्रमाणको रूपमा तपाईंले RTBA को एक रसिद प्राप्त गर्नुहुनेछ। तपाईंको धितो रसिद सुरक्षित राख्नुहोस्। यदि तपाईंले रकम भुक्तानी गर्नुभएको १५ दिन भित्र धितो रसिद प्राप्त भएन भने RTBA लाई सम्पर्क गर्नुहोस्।

अवस्था प्रतिवेदन

अवस्था प्रतिवेदन ले तपाईं घर सर्दा त्यहाँको घरको स्थितिको अभिलेख राख्छ।

यसले सो घरमा तत्काल देखिएका कुनै समस्याहरू जनाउनु पर्छ। जस्तै कुनै चीज भाँचेको छ वा बिग्रिएको छ।

जब तपाईं घर छोड्नु हुन्छ यो अवस्था प्रतिवेदन तपाईंले घरलाई नोक्सान भएको छ वा छैन भनेर जाँच्न प्रयोग गरिन्छ (सामान्य, दैनिक प्रयोगबाट हुने सामान्य मामूली नोक्सान बाहेक, जसलाई व्यावहारिक क्षतिको रूपमा लिइन्छ)।

तपाईंको घरधनी वा एजेन्टले तपाईंलाई घर सर्नुअघि अवस्था प्रतिवेदनको २ वटा हस्ताक्षरित प्रतिलिपिहरू (वा एक इलेक्ट्रोनिक प्रतिलिपि) दिनै पर्छ। जब तपाईंलाई अवस्था प्रतिवेदन दिइन्छ, तपाईंले निम्न कार्यहरू गर्नुपर्छ:

  1. घर सुरक्षित छ कि छैन जाँच्नुहोस् र तपाईंको घरधनी वा एजेन्टलाई कुनै सुरक्षा जोखिमबारे बताउनुहोस् (जस्तै पौडी पोखरीको बार भाँचेको वा बिजुलीको समस्याहरू)
  2. प्रतिवेदनको दुवै प्रतिलिपिहरू भर्नुहोस्। कुनै तत्काल देखिने क्षतिलाई नोट गर्नुहोस् जस्तै भित्ता चर्केको, भित्तामा निशान वा टुटेको ह्यान्डलहरू। तपाईंको घरधनी वा एजेन्टले प्रतिवेदनमा लेखेका कुरामा तपाईंले लेखेर आफ्नो असहमति जनाउन सक्नुहुन्छ
  3. फोटोहरू लिनुहोस् जसले घरमा रहेका वस्तुहरू तथा सामानहरू र जडान (फिक्स्चर र फिटिंग-सरसमानाहरू फर्निचरहरू) को अवस्था देखाउँदछ।
  4. अवस्था प्रतिवेदनको एक हस्ताक्षरित प्रतिलिपि तपाईंको घरधनी वा एजेन्टलाई घर सरेको ३ दिनभित्र फर्काउनुहोस्।
  5. अर्को प्रतिलिपि आफूसँग राख्नुहोस् र सुरक्षित राख्नुहोस्। तपाईं त्यहाँबाट सर्दा यो आवश्यक पर्न सक्दछ ताकि तपाईंले आफ्नो धितो फिर्ता पाउन सक्नुहुनेछ।

घरभाडा सम्झौताको दौरान

तपाईं बसेको समयमा भाडाको घरमा तपाईंको केही निश्चित अधिकार र दायित्वहरू हुन्छन्।

  • तपाईंको घरभाडा समयमै तिर्नुहोस्। तपाईंले प्रत्येक भाडा भुक्तानीपछि एक रसिद प्राप्त गर्ने हक छ।
  • घरलाई उचितरूपमा सफा राख्नुहोस्। यदि तपाईं त्यसो गर्नुहुन्न, वा यदि तपाईंले घरलाई बिगार्नु भयो भने त्यो ठाउँ छोड्दा तपाईंले धितोको पूरा रकम फिर्ता पाउन सक्नुहुन्न।
  • तपाईंको छिमेकीहरूको शान्ति र गोपनीयताको सम्मान गर्नुहोस् र तपाईंको आगन्तुकहरूले पनि पालना गरेको निश्चित गर्नुहोस्।
  • तपाईंको घरधनी वा एजेन्टलाई कुनै पनि मर्मत गर्न आवश्यक छ भने बताउनुहोस्
  • तपाईंले घरमा साना परिवर्तनहरू गर्न सक्नुहुनेछ जस्तो कि तस्वीरहरू झुण्डयाउने हुक (किल्ला) राख्न। तर तपाईंले घरधनीको सहमतिविना घरको पुनर्निर्माण, घरको रूप बदल्ने वा पुनः सिंगार्ने काम गर्नु हुँदैन।

तपाईंको घरधनी वा एजेन्टको तपाईंको घरमा प्रवेश गर्ने अधिकार छ। तर तिनीहरूले लिखितरूपमा तपाईंलाई कम्तीमा २४ घण्टाको सूचना दिनुपर्दछ र उनीहरूले किन प्रवेश गर्नु आवश्यक छ भनेर बताउनुपर्दछ।

घरधनी वा एजेन्टले घरमा प्रवेश गर्न सक्ने वैध कारणहरूको सूची हुन्छ। तिनीहरू सहमति जनाइएको मिति र समयमा पनि घरमा प्रवेश गर्न सक्छन्। घरधनी वा एजेन्टहरूले घरको प्रत्येक ६ महिनामा एक पटक मात्र निरीक्षण गर्न सक्दछ, र तपाईं त्यहाँ बसेको पहिलो ३ महिनामा पहिलो निरीक्षण गर्न सक्दैनन्।

परिमार्जन (परिर्वतन)

तपाईंसँग घरधनीको पूर्व-सहमतिविना तपाईंको भाडा घरमा केही परिमार्जन गर्ने अधिकार छ। यसमा निम्न कुराहरू गर्न सकिन्छ:

  • खुला इँटा वा कंक्रिटको भित्तामा बाहेक अन्य ठाँउमा 'वाल माउन्ट', तखता वा 'ब्राकेट' राख्न तस्वीर झुण्ड्याउने किला वा पेच राख्न सक्नु हुन्छ।
  • पानी बचाउने नुहाउने 'सावर हेड' जडान गर्न, तर पुरानो सावरको हेड बचाएर राख्नुपर्छ।
  • ब्लाइन्ड पर्दा वा डोरीको एंकर (अंकुश) जडान गर्न।

अन्य थप परिमार्जनहरू पनि गर्न सकिन्छ जसको लागि घरधनीको सहमति आवश्यकता पर्दछ। तथापि, घरधनीले अव्यावहारिक रूपमा भाडावालको अनुरोध अस्वीकार गर्नु हुँदैन। यी परिमार्जनहरूको पूर्ण सूची यहाँ फेला पार्न सकिन्छ।

यदि तपाईंले परिमार्जन गर्नुभयो भने, तपाईंको घरधनी अन्यथा सहमत भएको अवस्थामा बाहेक, तपाईंले यो घर छोड्दा घरलाई भाडा सम्झौताको पहिलेको अवस्थामा फर्काउनु पर्छ।

परिमार्जनसम्बन्धी थप जानकारी तथा घरधनीसँग सहमति अस्वीकार गर्ने अधिकार छ कहिले हुन्छ भन्ने बारेमा भाडामा बस्नेले घरमा गर्ने परिवर्तनहरू हेर्नुहोस्।

मर्मत गर्दा

जब सामानहरू टुट्छन् वा बिग्रन्छन् तपाईंसँग घरमा मर्मत गर्ने अधिकार छ। यदि तपाईंले बिगार्नु भएको छैन भने (जस्तै, यदि तपाईंको हिटर बिग्रन्छ भने) तपाईंले तिर्नु पर्दैन। यदि तपाईंले बिगार्नु भएको भयो भने तपाईंले मर्मतको लागि तिर्नुपर्ने हुन्छ।

तपाईंले मर्मतको लागि माग गरेको आधारमा घरधनीले तपाईंसँगको घरभाडा सम्झौता समाप्त गर्न पाउँदैन।

मर्मत अविलम्ब गर्नु पर्ने वा नपर्ने हुन सक्छ। अविलम्ब गर्नु पर्ने मर्मतका कामहरूमा घरमा सुरक्षित बस्न गर्नु पर्ने आवश्यक मर्मतहरू पर्छन। यसमा ग्यास चुहावट, बिग्रेको तातोपानी प्रणाली वा क्षतिग्रस्त पौडीपोखरीको बार जस्ता चीजहरू पर्छन्।

थप जानकारीको लागि भाडाको घरहरूमा मर्मत हेर्नुहोस्।

यदि तपाईंलाई अविलम्ब मर्मत आवश्यक छ भने

  • तपाईंको घरधनी वा एजेन्टलाई लेख्नुहोस् र उनीहरूले यो तुरून्त मर्मत गराउनु पर्दछ। तपाईंले पहिले नै उनीहरू वा इस्टेट एजेन्टलाई फोन गरेर सम्पर्क गर्नुभएको छ भने पनि तपाईंको अनुरोधलाई लिखितरूपमा पठाउनु राम्रो हुन्छ।
  • यदि उनीहरूले मर्मत तुरून्त गरेनन् भने तपाईं आफैंले मर्मत गराउनका लागि $२५०० सम्म खर्च गर्न सक्नुहुनेछ।
  • सबै मर्मत कार्यहरूको रसिद र तपाईंको मर्मतका पठाइएको लिखित अनुरोधहरूको प्रतिलिपिहरूआफूसँग राख्नु होस्।
  • घरधनी वा एजेन्टलाई यो फारम प्रयोग गरेर मर्मत खर्चको भुक्तानी माग्नुहोस्। तिनीहरूले यो फाराम प्राप्त भएको ७ दिनभित्र तपाईंलाई फिर्ता रकम तिर्नुपर्छ।
  • यदि तपाईं अविलम्ब मर्मतको लागि भुक्तानी गर्न सक्नुहुन्न, मर्मतको लागत $२५०० भन्दा बढी छ वा घरधनीले भुक्तान गर्न अस्वीकार गरेमा सुझावका लागि हामीलाई फोन गर्नुहोस्।

यदि तपाईंलाई अविलम्ब मर्मत गर्नु आवश्यक छ कि छैन भनेर अनिश्चित हुनुहुन्छ भने अविलम्ब मर्मतको पूर्ण सूची पढ्नुहोस्।

यदि तपाईं घरमा सुरक्षित रूपमा बस्न सक्नुहुन्छ भने यो अविलम्ब गर्नुपर्ने मर्मत होइन। अविलम्ब नहुने मर्मतमा बिग्रिएको दराज वा डिशवासर लगायतका सामानहरू समावेश हुन्छन्। तपाईंको घरधनीले त्यस्तो मर्मत पनि १४ दिनभित्रमा गर्नुपर्छ।

यदि तपाईंलाई कुनै अविलम्ब गर्न नपर्ने मर्मत गर्नु छ भने:

  • तपाईंको घरधनी वा एजेन्टलाई मर्मत गर्नका लागि लेख्नुहोस्। तपाईंले एक ईमेल वा पत्र पठाउन सक्नुहुन्छ वा यो फारम प्रयोग गर्नुहोस्।
  • सबै पत्रहरू, ईमेलहरू, टेक्स्ट सन्देशहरू, फारामहरू र प्रतिवेदनहरूको प्रतिलिपि राख्नुहोस्, ताकि यदि कुनै समस्या वा विवाद आयो भने तपाईंसँग आफ्नो सबै कार्यहरू र अनुरोधहरूको प्रमाण हुन्छ।
  • यदि घरधनी वा एजेन्टले अनुरोध प्राप्त गरेको १४ दिनभित्र मर्मत गरेनन् भने हामीलाई फोन गर्नुहोस् वा मर्मतका लागि अनुरोध गर्न VCAT मा निवेदन दिनुहोस्।

सम्झौताको नवीकरण गर्दा

जब तपाईंको घरभाडा सम्झौता समाप्त हुन्छ, तपाईं घर छोडिहाल्नुपर्छ भन्ने हुँदैन। यदि तपाईं घरमा बस्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो घरधनी वा एजेन्टलाई सम्पर्क गर्नुपर्छ यदि तपाईंले नयाँ सम्झौता गर्न सक्नुहुन्छ वा एकएक महिनाको मासिक सम्झौता गर्न सक्नुहुन्छ। थप जानकारीको लागि घरभाडा सम्झौता (लिज) नवीकरण गर्दा पढ्नुहोस्।

सम्झौताको अन्त्य गर्दा

घरभाडा सम्झौता धेरै कारणले गर्दा अन्त्य हुन सक्छ। केही सामान्य कारणहरू यस्ता छन्:

  • भाडामा बस्ने डेरावालले घर सर्ने निर्णय गरेको छ
  • सम्झौता अन्तिम मितिमा पुगेको छ
  • घरधनी त्यहाँ सर्न, घर बेच्न वा बृहत मर्मत गर्न चाहन्छ

भाडामा लिने व्यक्तिले भाडा तिर्न रोकेको छ, अरूलाई जोखिममा पार्दैछ, घरलाई नराम्ररी क्षति पुर्‍याएको छ वा सम्झौताका नियमहरू तोडेको छ।

घरभाडा सम्झौताहरू अन्त हुनसक्ने कारणबारे थप जानकारीका लागि भाडावालले सूचना दिँदा वा हिंसा, खतरनाक व्यवहार गम्भीर क्षतिको अविलम्ब सूचनाहेर्नुहोस्।

यदि तपाईं आफ्नो सम्झौता समाप्त गर्न चाहनुहुन्छ भने

जब तपाईं भाडाको घरबाट सर्न चाहनुहुन्छ, तपाईंले आफ्नो घरधनीलाई सही अवधिको सूचना दिनुपर्छ र घर सफा अवस्थामा छोड्नुपर्छ।

  • तपाईंले कति मात्राको सूचना दिनु पर्छ भनेर पत्ता लगाउन हामीसँग कुरा गर्नुहोस् यो तपाईंको स्थिति अनुसार भिन्न हुनेछ।
  • तपाईं कहिले घर छाड्ने योजनामा हुनुहुन्छ तपाईंको घरधनी वा एजेन्टलाई लिखित रूपमा ईमेलद्वारा वा चिठीद्वारा बताउनुहोस्।
  • तिर्न बाँकी सबै घरभाडा र बिलहरू तिर्नुहोस्।
  • तपाईंको धरौटी फिर्ता पाउने बारेमा तपाईंको घरधनी वा एजेन्टलाई सम्पर्क गर्नुहोस्।
  • घरलाई सफा गर्नुहोस् र तपाईंको सबै सामानहरू आफूसँगै लैजानुहोस्।
  • धरौटी फिर्ता पाउन समस्या हुने स्थितिको लागि अवस्था प्रतिवेदन राख्नुहोस्।
  • तपाईंको घरधनी वा एजेन्टलाई सम्पर्क ठेगाना र फोन नम्बर छोड्नुहोस्।

धरौटी फिर्ता प्राप्त गर्दा

घरधनीहरूले अवस्था प्रतिवेदन र को प्रयोग गरेर अन्तिम निरीक्षण गर्नेछन् र घरमा भएको कुनै परिवर्तनहरू तुलना गर्नेछन्। यदि उचित कारणहरू छन् भने केही धरौटी माथि दाबी गर्नउनीहरूले तपाईंलाई जानकारी दिनेछन्।

 यदि तपाईं घरधनीले दाबी गरेको धरौटी रकममा असहमत हुनुहुन्छ धरौटी दावी फाराममा हस्ताक्षर नगर्नुहोस्। नि:शुल्क सल्लाहका लागि हामीलाई सम्पर्क गर्नुहोस्

खाली धरौटी दावी फाराममा कहिले पनि हस्ताक्षर नगर्नुहोस्।

समय अगावै सम्झौताको अन्त्य गर्दा (घर सम्झौता तोड्दा)

यदि तपाईं घर सम्झौताको म्याद सकिनु अघि भाडाको घरबाट सर्न चाहनुहुन्छ भने, घरधनीले भाडा नगुम्नेगरी तपाईंले लागत रकम तिर्नुपर्नेछ।

यदि घरधनीले तुरून्त सर्ने कोही मान्छे पाएन भने तपाईंले घर छोडेर गएपछि पनि भाडा तिर्नुपर्ने हुनसक्छ।

तथापि, तपाईंले तिर्नुपर्ने रकम भने उचित हुनुपर्दछ र घरधनीले भाडामा बस्ने नयाँ मान्छे खोज्न हर प्रयास गर्नुपर्छ। उचित रकम भनेको प्रायः व्यक्तिहरूले पर्याप्त मान्ने रकम हो। कानूनले ठ्याक्कै उचित रकम के हो भनेर परिभाषित गर्दैन। त्यसैले यदि मानिसहरूबीच उचित रकम के हो भन्नेमा सहमत हुन सकेन भने, तिनीहरूले सो उचित रकमको निर्णय गराउन VCAT मा निवेदन दिन सक्छन्

समय अगावै सम्झौताको अन्त्य गर्दा बारेमा थप जानकारी पढ्नुहोस्।

घरभाडा सम्झौता हस्तान्तरण गर्दा

घरभाडा सम्झौताको चाँडै अन्त्य गरेर लागत रकम तिर्नुको सट्टा तपाईंले अरूलाई यो सम्झौता अरूलाई हस्तान्तरण गर्न सक्नु हुनेछ।

यदि तपाईंले यसो गर्नुभयो भने तपाईंले अझै पनि हस्तान्तरण शुल्क तिर्नुपर्ने हुन सक्छ। यद्यपि, यो कार्यको शुल्क उचित हुनु अनिवार्य छ। भाडा सम्झौता हस्तान्तरण गर्दा बारे थप जानकारी पढ्नुहोस्।

घर छोड्न लगाउदा (घर खाली गर्ने सूचना प्राप्त गर्दा)

घरधनीहरूले तपाईंलाई केवल उचित कारणका लागि मात्र घर छोड्न लगाउन सक्दछन्। उदाहरणको लागि:

  • घर भाडा सम्झौता समाप्त भएको छ
  • भाडाको घर मानिस बस्नको लागि अयोग्य भएको छ
  • तपाईंले कम्तीमा १४ दिनको घरभाडा तिर्नु बाँकी छ।

घरधनीले घरभाडामा बस्ने डेरावाललाई उनीहरूले भाडावालको हैसियतले कानुनसम्मत गरेको वा भनेको कुराहरूको कारण घर छोड्ने सूचना दिन सक्दैन।

उदाहरणको लागि, घरधनीले भाडावाललाई घर खाली गर्नको लागि यसरी सूचना दिन सक्दैनन्:

  • मर्मतको लागि अनुरोध गरेकोमा
  • घरपालुवा जनावर राख्न अनुरोध गरेकोमा
  • भाडा वृद्धिको प्रतिरोध गरेकोमा

तर घरधनीले घरभाडा सम्झौता अन्त्य गर्न चाहने अन्य कारणहरू पनि हुन सक्छन्। घरधनीले तपाईंलाई घर खाली गराउन सक्ने सबै कारणहरूको लागि र उनीहरूले तपाईंलाई दिनु पर्ने अग्रीम सूचनाको अवधि थाहा पाउन भाडाको घर खाली गर्ने सूचना हेर्नुहोस्।

घर खाली गर्ने सूचनालाई चुनौती

यदि तपाईं लाग्छ कि तपाईंलाई ठीक तरिकाले घर खाली गर्न सूचना दिइएको छैन भने, वा यदि तपाईंलाई आफ्नो घरधनीले घर छोड्न दिएको कारण असत्य वा अन्यायपूर्ण लाग्छ भने, तपाईंले सो सूचनाको प्रतिरोध गर्न सक्नुहुन्छ। थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्

घर निकाला (कब्जा गर्ने आदेश पाउँदा)

यदि तपाईंलाई घरबाट निकालिँदै छ र सहयोग चाहिन्छ भने नि:शुल्क सुझावका लागि हामीलाई सम्पर्क गर्नुहोस्

याद गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू

  • खाली फाराममा, जतिसुकै आधिकारिक देखिएता पनि, कहिले पनि हस्ताक्षर नगर्नुहोस्।
  • खाली धरौटी दावी फाराममा कहिले पनि हस्ताक्षर नगर्नुहोस्।
  • तपाईंले हस्ताक्षर गरेको हरेक कागजातको एक प्रतिलिपि आफूसँग राख्नुहोस्।
  • तपाईंको घरधनी वा एजेन्टसँग भएका सबै संचारको प्रतिलिपि राख्नुहोस्।
  • तपाईंले गरेको कुनै पनि खर्चको रसिद माग्नुहोस्।
  • तपाईंको धरौटीको रसिद तथा भाडा तिरेको वा मर्मत गरेको खर्चका सबै रसिदहरू एक सुरक्षित ठाउँमा राख्नुहोस्।

यदि तपाईंलाई घरभाडाको समस्या छ वा यस बारे प्रश्न छ भने नि:शुल्क सुझाव प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्

उपभोक्ता मामिला भिक्टोरिया (Consumer Affairs Victoria) सँग कुरा गर्न दोभाषे मार्फत 13 14 50 मा फोन गर्नुहोस्